एमाले उपाध्यक्ष विष्णु पौडेल देखिए सार्वजनिक कार्यक्रममा
काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। अदालतबाट छुटेको एक हप्तापछि उनी बुधबार पार्टीको एक कार्यक्रममा देखिएका हुन्।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित प्रवचन कार्यक्रममा उनी उपस्थित भएका हुन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सिलसिलामा पौडेल गत असार ८ गते सुर्खेतमा पक्राउ परेका थिए। करिब २५ दिन हिरासतमा रहेका उनलाई अदालतले साउन १ गते साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment