देशको अर्थतन्त्र र निर्यात प्रवर्द्धनका लागि प्रधानमन्त्री वालेन्द्र शाह र उद्योगी व्यवसायीबीच छलफल हुँदै

डिसी नेपाल
८ साउन २०८३ १०:३६

काठमाडौं। देशको अर्थतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग विशेष छलफल गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे आयोजना गरिएको उक्त छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेलको सहभागिता रहनेछ।

उक्त भेटघाट तथा छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपालको निर्यात प्रवर्द्धनमा देखिएका विद्यमान चुनौतीहरू, आवश्यक नीतिगत सुधारका पक्षहरू तथा समस्या समाधानका व्यवहारिक उपायहरूबारे व्यवसायीहरूसँग गहन परामर्श गर्नेछन्।

पछिल्लो समय देशको समग्र आर्थिक अवस्थालाई उकास्न र सबल बनाउनका लागि प्रधानमन्त्री शाहले निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा अन्य सरोकारवाला निकायहरूसँग निरन्तर संवाद र सहकार्य बढाउँदै आएाक छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *