सडक सुरक्षामा बहुपक्षीय सहकार्य आवश्यक, आईजीपी कार्कीद्वारा सबै निकायलाई आह्वान
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई राज्यका सम्पूर्ण निकाय र नागरिकको संयुक्त दायित्व भएको बताएका छन्।
शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक सुरक्षालाई प्रभावकारी बनाउन सरकारका विभिन्न तह, सम्बन्धित निकाय, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजबीच निरन्तर सहकार्य एवं समन्वय हुनुपर्नेमा जोड दिए।
सडक सुरक्षा प्रहरीको मात्र काम हो भन्ने सोच र भाष्य विकास हुन नहुने उल्लेख गर्दै उनले सबै क्षेत्र जिम्मेवार बनेमा मात्रै सडक र नागरिक सुरक्षित हुनसक्ने स्पष्ट पारे।
कार्यक्रमका क्रममा आईजीपी कार्कीले विगतमा विभिन्न आन्दोलनका क्रममा भौतिक संरचना र स्रोत-साधन खरानी भए तापनि मेट्रो ट्राफिक एफएमले छोटो समयमै पुनरुत्थान भई नयाँ ऊर्जाका साथ प्रसारण निरन्तर राखेको भन्दै प्रशंसा गरे।
संकटका बाबजुद नागरिकप्रतिको दायित्वलाई कायम राख्दै प्रसारण यात्रालाई अवरुद्ध हुन नदिई अझ दृढताका साथ अघि बढेकोमा उनले एफएम टोलीको योगदानको उच्च कदर गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment