धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

डिसी नेपाल
८ साउन २०८३ १६:१९
120
Shares

जनकपुरधाम । धनुषामा प्रहरीले गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरको संयुक्त टोलीले शुक्रबार ढल्केवर पुल नजिकै हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ९५ दशमलव ५९० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ। लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोज्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *