विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल

डिसी नेपाल
८ साउन २०८३ १९:४२

काठमाडौं । सरकारले विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा कुनै पनि किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। शिक्षा मन्त्रालयमा शुक्रबार शिक्षा पत्रकारहरूसँगको छलफलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई स्वायत्त बनाइने बताएका छन्।

मन्त्री पोखरेलले विश्वविद्यालय स्वायत्त निकाय भएकाले यसमा राजनीतिक हस्तक्षेप नहुने र उपकुलपतिहरूले स्वतन्त्र ढङ्गले काम गर्ने बताए। विगतमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेकोमा अब नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो टिम आफैँ बनाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

विश्वविद्यालयका रजिस्ट्रार, रेक्टर र डिन लगायतका पदाधिकारी नियुक्तिमा मन्त्रालयले हस्तक्षेप नगर्ने भनिएको छ। हालसम्म मुलुकभरका आठ वटा विश्वविद्यालयमा उपकुलपतिहरूको नियुक्ति भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *