मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने : कांग्रेस मुख्य सचेतक झा

डिसी नेपाल
८ साउन २०८३ २०:४९

जनकपुरधाम । मधेस प्रदेशमा वर्तमान तीन दलीय गठबन्धनको सरकारले नै निरन्तरता पाउने भएको छ। नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक कुवरकान्त झाले केन्द्रमा दलहरूबिच प्रदेश सरकार परिवर्तनबारे छलफल जारी रहे पनि मधेसमा यही गठबन्धनले निरन्तरता पाउने दाबी गरेका छन्।

शुक्रबार कुरा गर्दै उनले पार्टी सभापतिसँग सात वटै प्रदेशका मुख्यमन्त्रीको भएको छलफलमा मधेस सरकारलाई कायम राख्ने सहमति भइसकेको जानकारी दिए। हाल मधेसमा कांग्रेसको नेतृत्वमा एमाले र नेकपाको समर्थनमा कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्।

संसदीय दलका मुख्य सचेतक झाले पछिल्ला गतिविधिहरू संघीयता, समानुपातिक र समावेशी अधिकार कटौतीतर्फ लक्षित भए ठुलो विद्रोह हुने चेतावनी दिएका छन्। उनले प्रेसमाथि सेन्सरसिप लगाउन खोजिए त्यसको विरुद्धमा कडा लडाइँ लड्ने समेत बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *