मुगुमा घरमाथि ढुङ्गो खस्दा ३ वर्षीय बालको मृत्यु, आमाबुवा घाइते
मुगु । मुगम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।
शनिबार बिहान करिब ४:०० बजे पेमा लामाको घरमा होटेल सञ्चालन गरी बसेका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना र ३ वर्षीय छोरा रमेश सुतिरहेको अवस्थामा ढुंगासहितको पहिरो खसेको हो।
पहिरोले च्यापिएर गम्भीर घाइते भएका बालकलाई प्रहरी टोलीले उद्धार गरी बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्। घटनामा बालकका आमाबुवा जगनाथ र सिर्जना सामान्य घाइते भएका छन् र उनीहरूको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार पहिरोका कारण उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। साथै, आसपासका अन्य आठवटा घर समेत उच्च जोखिममा परेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment