डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षासचिव पौडेल धनगढीमा
फाइल फाेटाे।
काठमाडौं। सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीसँग वार्ता गरी सहमति खोज्न सरकारले टोली धनगढी पठाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि मन्त्रालयका सचिव चूडामणि पौडेल डा. केसीसँग छलफलका लागि धनगढी पुगेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा कुराकानी गरेका थिए। सोही संवादको निरन्तरता स्वरूप अनशनको निकास वार्ताकै माध्यमबाट खोज्न मन्त्रालयका सचिव पौडेललाई तत्काल धनगढी पठाइएको हो।
यसैगरी, वार्ता प्रक्रियालाई अझ सशक्त बनाउन प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिवसमेत आइतबार धनगढी जाने कार्यक्रम रहेको छ। उनीहरूले धनगढी पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै मागहरूका विषयमा थप संवाद गर्नेछन्।
२४औँ अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले वार्तामार्फत सहमतिपूर्ण निकास निकाल्ने प्रयासलाई तीव्र बनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment