कांग्रेस तयार नभएपछि प्रदेशमा एमालेसँग सत्ता सहकार्य गर्नुपर्‍यो : नेता वर्षमान पुन

डिसी नेपाल
९ साउन २०८३ २१:२७

काठमाडौं । नेपाली कांग्रेस सहकार्यका लागि तयार नभएपछि प्रदेशहरूमा एमालेसँग वाम सहकार्यको निर्णय लिनुपरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले बताएका छन्।

प्रदेशको सत्ता सहकार्यबारे एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सहमतिपत्रमा साक्षी बसेका नेता पुनले अनलाइनखबरसँग कुराकानी गर्दै यो सहकार्यलाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन्।

प्रदेशहरूमा बजेट नै बनाउन नसक्ने स्थिति आएर राजनीतिक संकट उत्पन्न भएपछि तीनवटै दल मिलेर समस्याको समाधान गरौं भन्ने प्रस्ताव राखिएको भए पनि कांग्रेस तयार नभएको उनले बताए। कांग्रेस तयार नभएपछि प्रदेशको राजनीतिक गतिरोध (डेडलक) फुकाउनका लागि मात्र यो निर्णय लिनुपरेको उनको भनाइ छ।

विगतलाई भन्दा पनि आगामी दिनलाई हेरेर यो निर्णय गरिएको उल्लेख गर्दै उनले हजार माइलको यात्रा पनि एकै पाइलाबाट सुरु हुने बताए। तत्कालका लागि प्रदेश सरकारलाई प्रभावकारी र सफल बनाउनेमा नै आफ्नो ध्यान केन्द्रित रहेको प्रष्ट पार्दै नेता पुनले नयाँ सहकार्यको मुख्य फोकस जनताको विकास, सुशासन, बजेटको पुनरावलोकन, संघीयतालाई बलियो बनाउने र जनतामा विश्वास जगाउनेलगायतका काममा रहने जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *