रोल्पामा पहिरोमा पुरिएर बेपत्ता दुई महिलाको शव फेला
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ।
गाईबाख्रा चराउन गएका बेला गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको शव इलाका प्रहरी कार्यालय पोवाङबाट खटिएको प्रहरी टोलीले निकालेको हो।
घटनामा परी स्थानीय ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। पहिरोबाट जीवितै उद्धार गरिएका उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र मध्यम अवस्था रहेका उनलाई उपचारका लागि स्थानीय सेरम स्वास्थ्य चौकी पठाइएको छ। स्थानीयका अनुसार घटनाको समयमा सो क्षेत्रमा तीन जना मात्र गोठाला गएका थिए।
प्रहरीका अनुसार पहिरोमा परेर ४ वटा बाख्रा र २ वटा गाईसमेत मरेका छन्। मृत फेला परेका चौपायाहरूको खोजतलास तथा उद्धार कार्य जारी रहनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment