दाङको राजपुरमा ढिस्कोले पुरिँदा १३ वर्षीय किशोरको मृत्यु

डिसी नेपाल
१० साउन २०८३ ९:४६

दाङ।दाङको राजपुर गाउँपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १३ वर्षीय एक किशोरको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार शनिबार बेलास्थित दुर्गा सामुदायिक वन क्षेत्रमा माटो लिन गएका बेला अचानक माथिबाट ढिस्को खसेर दिपेश पुरिएका थिए। घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि नजिकको अस्पताल लगिएको थियो।

तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। वर्षायाममा माटो खन्ने तथा ढिस्को नजिक काम गर्ने क्रममा विशेष सतर्कता अपनाउन प्रशासनले समेत आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *