रोल्पा पहिरो अपडेट: बेपत्ता दुई महिलाको शव फेला, एक घाइते

डिसी नेपाल
१० साउन २०८३ १८:०६

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरममा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ।

शनिबार दिउँसो दवाङ लेकमार्गमा गाईबाख्रा चराउन गएका बेला पहिरोमा पुरिएर ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगर बेपत्ता भएका थिए। खोजीकार्यका क्रममा आज उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मृतक दुवैको शव परीक्षणका लागि रोल्पा अस्पताल लगिएको छ।

सोही पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्तीमगरको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *