लागुऔषधसहित दुई जना नियन्त्रणमा
वीरगञ्ज (पर्सा)। प्रहरीले आज लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलमा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनर्वा र लागुऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलमा खानतलासी गर्दा लागुऔषध फेला परेको प्रवक्ता मल्लले बताए।
औषधि बिक्री वितरण कार्यमा संलग्न चितवनस्थित रत्ननगर नगरपालिका–६ का ५२ वर्षीय उत्तमकुमार पाठक र वीरगञ्ज महानगरपालिका–२ का ३५ वर्षीय ओसिम ठाकुरलाई लागुऔषधसहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment