बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु
सुदूरपश्चिम। बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment