आज विश्व हेपाटाइटिस दिवस: बी र सी का १० मध्ये ९ बिरामी अनविज्ञ, वार्षिक १३ लाखको ज्यान जाँदै

डिसी नेपाल
१२ साउन २०८३ ७:२६

काठमाडौं। आज ‘विश्व हेपाटाइटिस दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। कलेजोलाई गम्भीर असर पुर्‍याउने हेपाटाइटिस रोगबारे विश्वभर जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को तथ्यांक अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट सङ्क्रमित १० जनामध्ये ९ जनालाई आफू यस रोगबाट ग्रसित भएको पत्तै हुँदैन। सामान्य बोलीचालीको भाषामा ‘जण्डिस’ भनेर चिनिने यो रोग समयमै पहिचान र उपचार नभए ज्यानै जाने जोखिमयुक्त मानिन्छ।

एचआईभी एड्स, मलेरिया र क्षयरोग (टीबी) जस्तै हेपाटाइटिस पनि एक घातक स्वास्थ्य समस्या हो। डब्ल्यूएचओका अनुसार विश्वभर हेपाटाइटिस ‘बी’ र ‘सी’ को सङ्क्रमणका कारण उत्पन्न जटिलताले गर्दा हरेक वर्ष करिब १३ लाख मानिसले ज्यान गुमाउने गरेका छन्।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार यस रोगबाट बच्न र समयमै उपचार पाउन नियमित परीक्षण र उच्च सतर्कता आवश्यक मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *