सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

डिसी नेपाल
१३ साउन २०८३ ११:४७

काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्री बालेन शाहले विशेष पहल जारी राखेकाे बताएका छन्।

केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीले पर्याप्त पहल लिइरहृकाे उनकाे भनाइ थियाे।

“सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ,” अर्थमन्त्रीले सर्वदलीय बैठकमा भने, “उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ। राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ।”

सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि उनले राजनीतिक दलको नेतृत्वलाई अवगत गराए।

सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीलाई अवगत गराउने भन्दै उनले सबैको प्रयत्नमा साझा समाधान खोजिनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *