शीतल निवासमा राजनीतिक संवाद: सर्वदलीय निर्णयबारे राष्ट्रपतिलाई जानकारी

डिसी नेपाल
१३ साउन २०८३ १२:३४

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्। सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग औपचारिक भेट गरेका हुन्।

भेटका क्रममा सभापति लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाबारे छलफल गर्न मंगलबार आयोजना गरिएको सर्वदलीय बैठकका निर्णय एवं निष्कर्षहरूबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

सुनसरीलगायतका जिल्लामा विकसित घटनाक्रम र उत्पन्न असहज परिस्थिति समाधानका लागि सर्वदलीय बैठकले जारी गरेको संयुक्त अपिलबारे समेत राष्ट्रपतिलाई अवगत गराइएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। भेटमा समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *