धोबीखोलाको बाढी बस्तीमा पस्दा जनजीवन कष्टकर
काठमाडौं । भारी वर्षाका कारण धोबीखोला उर्लिँदा काठमाडौंको चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्रका सडक तथा भित्री गल्लीहरू जलमग्न भएका छन्। खोलाको बाढी सडक र बस्तीमा पसी जलाशय जस्तै बनेपछि स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ।
बाढीका कारण यस क्षेत्रमा सवारी साधन आवतजावत ठप्प भएका छन् भने पैदलयात्रीहरूलाई हिँडडुल गर्न सास्ती भएको छ। पानी घर र पसलका भुइँतल्लामा समेत छिरेकाले सर्वसाधारणको दैनिक चहलपहल पूर्ण रूपमा प्रभावित भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment