सुरक्षा परिषद्को बैठकका लागि सिंहदरबारमा भीभीआइपीको बाक्लो उपस्थिति [फोटोहरू]

डिसी नेपाल
१४ साउन २०८३ १२:१०

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले देशको समग्र शान्ति-सुरक्षाको समीक्षाका लागि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा सहभागी हुन उपप्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरू पुग्ने क्रम जारी रहेको छ।

बैठकमा विशेषगरी सुनसरीको कप्तानगञ्जमा घटेको पछिल्लो हिंसात्मक घटना, मुलुकको समग्र शान्ति-सुरक्षाको वर्तमान अवस्था र सम्भावित चुनौतीका विषयमा गहन छलफल हुने जनाइएको छ।

बैठकमा सहभागी हुन रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापतिलगायतका उच्चपदस्थ व्यक्तित्वहरू (भीभीआइपी) सिंहदरबार प्रवेश गर्दाका केही दृश्यहरू:

(तस्बिरहरू: सक्षम घिमिरे / नेपाल न्युज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *