नेप्सेमा १२.९६ अंकको वृद्धि, ३ अर्ब ७५ करोड बढीको कारोबार

डिसी नेपाल
१५ साउन २०८३ १६:२२

काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेर रोकिएको छ।

आज ३३७ कम्पनिका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मा कारोबार भएको थियो। आज निर्जीव बीमा र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मूल्य बढेको छ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको लक्ष्मी भ्यालु फण्ड २ को शेयर ८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी बोटलर्स नेपालको शेयर ५.३३ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको १७ करोड २६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको १५ करोड ३२ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *