वीरगञ्जमा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
पर्सा। सुरक्षा अवस्थामा सुधार आएपछि पर्साको वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा आइतबारदेखि पूर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले समग्र सुरक्षा स्थितिको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको कर्फ्यू/निषेधाज्ञा अब आवश्यक नरहेको निष्कर्षका साथ फुकुवा गरिएको हो। पछिल्ला दिनहरूमा जुलुस, प्रदर्शन र हुलदंगाका घटनाहरू साम्य हुँदै गएपछि प्रशासनले यो कदम चालेको हो।
यसैबीच, सिरहाको गोलबजार घटनाका पीडित पक्ष र सरकारबीच आठबुँदे सहमति जुटेसँगै मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। सहमति पछि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेका छन्।
आन्दोलन र प्रतिबन्ध हटेसँगै वीरगञ्जको जनजीवन पुनः सामान्य बन्दै गएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment