कुवेतमा इरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका सोमकुमारको शव काठमाडौं ल्याइयो
काठमाडौं। पश्चिम एसियामा जारी द्वन्द्वका क्रममा कुवेतमा इरानी मिसाइल आक्रमणबाट ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको शव काठमाडौं ल्याइएको छ।
कुवेत एयरवेजको उडानमार्फत आइतबार मध्यराति उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।
सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत तामाङको गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा भएको मिसाइल प्रहारमा परी निधन भएको थियो। जारी पश्चिम एसियाली द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली श्रमिक हुन्।
कुवेतस्थित नेपाली दूतावासले आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया द्रुत गतिमा पुरा गरेर शव नेपाल पठाएको जनाएको छ। पश्चिम एसियामा क्षेत्रीय तनाव र द्वन्द्व बढ्दै जाँदा त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरूको सुरक्षा र भविष्यप्रति थप चासो र चिन्ता बढेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment