दीर्घकालीन पूर्वाधारमा जोड दिऔँ : मुख्यमन्त्री पोखरेल

डिसी नेपाल
१४ असोज २०७६ २०:०४

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नगर वा प्रदेशको विकास गर्दा अब दीर्घकालीन सोच राखेर पूर्वाधार खडा गरिनुपर्ने बताएका छन्।

उनले सडक, पुलपुलेसा, शैक्षिक, धार्मिक र शहरी क्षेत्रको विकासका लागि दीर्घकालीन योजना लिएर मात्रै गर्नुपर्ने बताए।

घोराही उपमहानगरपालिकाले आज घोराहीमा आयोजना गरेको नगरको एकीकृत शहरी विकास योजनाको कार्याशाला गोष्ठीमा मुख्यमन्त्री पोखरेलले पछिल्ला पुस्तामा र बढ्ने जनसङ्ख्यालाई आधार मानेर सबै क्षेत्रको विकास गर्नुपर्ने बताए।

‘योजना तर्जुमा दीर्घकालीन हुनुपर्छ।’ उनले भने, ‘भविष्यलाई ख्याल गरेर सडक सञ्जाल, व्यवस्थित बस्ती विकास हुनुपर्छ।’

मुख्यमन्त्री पोखरेलले अबको विकास जनताको जीवनस्तर सुधार हुने किसिमले हुनुपर्ने पनि बताए। अधिकांश जनता जोडिएको कृषिलाई अब देशको अर्थतन्त्रसँग जोडेर विकास गरिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले विकासको मूल आधार सडक सञ्जाललाई पहाड र तराईसँग जोड्नुपर्ने, दाङमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य आवश्यकता रहेको हुदाँ त्यसलाई स्थानीयस्तरबाटै माग आउनुपर्ने बताए।

साथै उनले घोराही उपमहानगरपालिकालाई साझा सम्पत्ति जोगाइ राख्न आग्रह गरे। नगरको योजना तर्जुमा कार्यक्रममा जिल्लाका विभिन्न दलका प्रतिनिधि, नागरिक समाज, उद्योग व्यवसायी, सङ्घसंस्थाको सहभागिता रहेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *