काठमाडौंबाट धरौटीमा छुटेलगत्तै अभिषेक गिरी विराटनगरबाट पक्राउ
विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी काठमाडौंबाट छुटेलगत्तै पुनः पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी रकम बुझाएर बिहीबार रिहा भएका थिए तर लगत्तै मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
निर्माण व्यवसायी सुभाष श्रेष्ठले आपराधिक लाभ लिई रकम असुल गरेको भन्दै किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अब गिरीविरुद्ध मोरङमै आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइनेछ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार पाँच रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गरेको थियो।
सीआईबीको रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत साउन १४ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। सोही मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment