करिब एक हजार ३१५ किलो गाँजा बरामद
काठमाडौं। प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट एक हजार ३१५ किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकिराखेको प्र१-०२-००२ ख ००८३ नम्बरको ट्रकलाई जाँच गर्दा चालक बस्ने भाग र पछाडि ढालाको बीचमा लुकाइछिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। प्रहरीले ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment