सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

डिसी नेपाल
२३ साउन २०८३ १५:२२

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका-५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो।

नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गएरातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताए।

सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपातलगाय सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्।

यसैबीच, सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा रु ११ करोड ५० लाख लागतमा करिब एक किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताए।

“सोही ठाउँबाट जोडेर दोस्रो चरणमा थप रु एक करोड ४६ लाखको लागतमा आयोजनाले १३२ मिटर तटबन्धनको काम सुरु गर्ने योजना थियो। दीर्घकालीन समाधान हुन नसक्दा समस्या आइरहेको हो। अहिले पनि नारायणीको पानीले कटान गरिरहेको छ”, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *