शेरबहादुर देउवाको स्वदेश फर्किने समय परिवर्तन

डिसी नेपाल
२३ साउन २०८३ १६:०७

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति र समय परिवर्तन भएको छ। यसअघि साउन २६ गते राति फर्किने भनिएका देउवा अब आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने भएका छन्।

कांग्रेस नेता डा. प्रकाशशरण महत र संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले दिएको जानकारी अनुसार राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले उनीहरूको आग्रहमा समय सारिएको हो। देउवा थाइ एयरको उडानमार्फत स्वदेश फर्किने तय भएको छ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका पूर्वप्रधानमन्त्री देउवा १३ फागुनको राति सिंगापुर गएका थिए भने थप उपचारका लागि ७ चैत २०८२ मा हङकङ पुगेका थिए। कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *