नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
धनगढी। नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment