पशुपतिको वनकाली धर्मशाला परिसर निर्माणको शिलान्यास: चैतभित्रै काम सक्ने महानगरको तयारी
काठमाडौं। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्त्वका सम्पदाहरूमध्ये वनकाली धर्मशाला पनि एक मुख्य स्थल भएको बताएकी छन्।
आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माण कार्यको शिलान्यास गर्दै कार्यवाहक प्रमुख डङ्गोलले निर्माण कार्यलाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिइन्।
पशुपतिनाथको दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरू होटलभन्दा पशुपति क्षेत्रभित्रै बस्न रुचाउने भएकाले उनीहरूको धार्मिक आस्था र सुविधालाई ध्यानमा राखेर धर्मशालालाई व्यवस्थित बनाउन लागिएको उनको भनाइ थियो।
काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाएको र आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्भव भएसम्म आउँदो चैत महिनाभित्रै काम सक्ने योजना बनाइएको डङ्गोलले स्पष्ट पारिन्।
यस निर्माण कार्यले पशुपतिनाथ दर्शनमा आउने स्वदेशी तथा विदेशी धर्मावलम्बीहरूलाई ठूलो राहत पुग्ने विश्वास महानगरपालिकाले लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment