अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

डिसी नेपाल
२४ साउन २०८३ १६:३२

झापा। झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीसहित पाँच जना घाइते भएका थिए।

घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा सुखि बिवीको दिउँसो १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य चार जनाको उपचार भइरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *