रास्वपा सांसद ढकालले भने- राजनीतिक परिवर्तनपछि सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राखिनुपर्छ
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा राज्य व्यवस्था समितिका सभापति हरि ढकालले देशमा आएको राजनीतिक परिवर्तन अनुरुप ‘सिंहदरबार’ को नाम फेरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले मुलुकमा सिंहको अस्तित्व नै नरहेको अवस्थामा सिंहदरबार नाम सान्दर्भिक नभएको तर्क गर्दै यसको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राखिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
देशमा ठूला राजनीतिक परिवर्तनहरू हुँदा अन्य धेरै संरचना तथा विमानस्थलहरूको नाम फेरिए पनि सिंहदरबारको नाम परिवर्तन नभएकोमा उनले असन्तुष्टि प्रकट गरे। सिंहदरबारले अझै पनि पुरानै शासन प्रणालीको झल्को दिने खालको हाउभाउ र भाषा बोकेको भन्दै उनले त्यो प्रवृत्तिलाई चिर्दै संरचनागत र प्रतीकात्मक रूपान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment