काठमाडौं उपत्यकामा २४ घण्टामा ६४० सवारीसाधन कारबाहीमा, तीव्र गतिको कारबाही सबैभन्दा बढी

डिसी नेपाल
२५ साउन २०८३ ७:४२

काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन २५ गते बिहान ६:०० बजेसम्मको अवधिमा ती सवारीसाधनहरूलाई कारबाही गरिएको हो।

प्रहरीको कारबाही सूचीमा सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने चालकहरू परेका छन्। तीव्र गतिमा चलाइएका ११० वटा सवारीसाधनलाई नियन्त्रण वा कारबाहीमा लिइएको छ।

यसैगरी, प्रविधिको प्रयोगमार्फत सिसिटिभीबाट नियम उल्लङ्घन गरेको पुष्टि भएका ७० वटा, मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ३४ वटा र रातो बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३४ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।

अन्य उल्लङ्घनतर्फ अनावश्यक रूपमा हर्न बजाउने २६, लेन अनुशासन पालना नगर्ने ११, सवारीको यान्त्रिक अवस्था ठीक नराखी चलाइएका ८ र ‘वान वे’ (एकतर्फी सडक) नियम उल्लङ्घन गर्ने ३ वटा सवारीसाधन परेका छन्। यस्तै, विभिन्न अन्य प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने ३४४ वटा सवारीसाधनलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सडक सुरक्षा तथा अनुशासन कायम राख्नका लागि उपत्यकामा नियमित रूपमा कडा निगरानी तथा जाँच भइरहेको प्रहरीले जनाएको छ। साथै, दुर्घटनाबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्न सम्पूर्ण सवारी चालकहरूलाई अनिवार्य रूपमा ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *