गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

डिसी नेपाल
२५ साउन २०८३ १२:३९

काठमाडौं। गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ।

काठमाडौं उपत्यकाका नदीनाला तथा वातावरणलाई स्वच्छ राख्न थप प्रशोधन केन्द्रहरूको निर्माण आवश्यक रहेको भन्दै उपत्यकाका अन्य स्थानमा पनि यस्ता केन्द्रहरूको निर्माण तीव्र पारिएको छ।

केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार हाल सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा नयाँ ढल प्रशोधन केन्द्रहरूको निर्माण कार्य जारी रहेको छ।

प्रशोधन केन्द्रको क्षमतालाई पूर्ण र प्रभावकारी रूपमा उपयोग गर्नका लागि फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने भएकाले त्यसका लागि स्थानीय तहहरूसँग समन्वय भइरहेको श्रेष्ठले बताए।

हाल ढलको फोहर र वर्षाको पानी एउटै प्रणाली (पाइप) बाट प्रशोधन केन्द्रसम्म प्रवाह हुने गरेकाले बालुवा, इँटा तथा मरेका जनावरजस्ता वस्तुहरूका कारण प्रशोधन प्रक्रियामा कठिनाइ हुने गरेको छ। फोहर पानी र वर्षाको पानीको प्रणाली अलग गर्न सकिएमा प्रशोधन केन्द्रको कार्यक्षमता अझ बढ्ने र उपत्यकाका नदी सफा राख्न ठूलो सहयोग पुग्ने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *