‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ : ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा (फोटो फिचर)

डिसी नेपाल
२६ साउन २०८३ १४:०८

काठमाडौं।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा सुरु भएको छ।

आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा ५५ वटा ब्रान्डको सहभागिता रहेको छ। एक्स्पोमा विभिन्न कम्पनी तथा ब्रान्डका नयाँ सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन्।

चार दिनसम्म चल्ने यस एक्स्पोमा ४४ वटा नयाँ गाडीहरू सार्वजनिक (लन्च) हुने आयोजकले जानकारी दिएको छ।

तस्बिर: सक्षम घिमिरे / नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *