तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?

डिसी नेपाल
२७ साउन २०८३ ६:५३

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा रहेको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा पश्चिम तराईका भूभागमा साधारणतया बादल लागेको छ। बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा छ। अहिले सुदूरपश्चिमका थोरै र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी र मधेश प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

रातिको समयमा देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा र हिमपात हुनसक्छ। तराईतर्फ कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *