भारतीय कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२७ साउन २०८३ १७:२८

बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका–३ बस्ने २९ वर्षीय राघव ढकालले चलाएको बीआर २० सीबी २५२८ नम्बरको भारतीय कारले सोही दिशातर्फ जाँदै गरेको बढैयाताल गाउँपालिका–२ बस्ने ५५ वर्षीय गणेशप्रसाद पाण्डेले चलाएको भे १४ प ८९८९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक पाण्डेको टाउको र पेटमा चोट लागी घाइते भएका थिए। उनलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज, बाँके पठाइएकोमा सोही दिन बिहान ११:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि दुवै सवारीसाधनसहित कार चालक ढकाललाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *