पूर्वसभापति देउवालाई विमानस्थलमा झाँकीसहित भव्य स्वागत गरिने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई लक्षित गर्दै विमानस्थलमा झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरिएको छ।
कांग्रेसको संस्थापनइतर पक्षले विमानस्थलमा सात हजारभन्दा बढी नेता तथा कार्यकर्ता उतारेर स्वागत गर्ने योजना बनाएको छ। राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापनको काम गरिरहेका छन्।
विशेषगरी तरुण दल र विद्यार्थी संगठन परिचालन समितिले स्वागतको संयोजन गरिरहेका छन् भने सांस्कृतिक समितिले विभिन्न झाँकीसमेत प्रस्तुत गर्ने तयारी गरेको छ।
पूर्वसभापति देउवा भोलि साउन २८ गते दिउँसो १२ बजेर २५ मिनेटमा थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment