अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका रुपन्देहीका चार प्रतिवादी पक्राउ

डिसी नेपाल
२८ साउन २०८३ ७:३८

रुपन्देही। अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहँदै आएका चार जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत खोजतलास गर्ने क्रममा फरक-फरक मुद्दाका ती फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा चोरी मुद्दाका प्रतिवादी शुद्धोधन गाउँपालिका–७ खुनगाउँ निवासी विशाल थारू रहेका छन्, जसलाई अदालतले दुई महिना चार दिन कैद सजाय सुनाएको थियो। त्यस्तै, जबरजस्ती करणी उद्योग मुद्दामा एक वर्ष पाँच महिना छ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका शुद्धोधन गाउँपालिका–६ बेलहियाका रामदरस लोहार पनि पक्राउ परेका छन्।

यसैगरी, चोरी मुद्दामै दुई महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएका सियारी गाउँपालिका–८ छपियाका गणेश मल्लाह तथा दुई महिना तीन दिन कैद र ६ हजार रुपैयाँ जरिवाना तोकिएका शुद्धोधन गाउँपालिका–५ रजाडका सुन्दर केवट भन्ने वासुदेव केवट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले पक्राउ परेका सबै प्रतिवादीहरूलाई सजाय भुक्तानका लागि सम्बन्धित अदालतमा पेस गरिएको जानकारी दिए। रुपन्देही प्रहरीले फैसला कार्यान्वयनलाई तीव्र र प्रभावकारी बनाउन फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *