त्रिभुवन विमानस्थलको भीआईपी लाउञ्ज बाहिर देउवाको स्वागतमा कार्यकर्ताको भीड

डिसी नेपाल
२८ साउन २०८३ १२:१७

काठमाडौँ। नेपाली काङ्ग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने समयभएसँगै देउवाको स्वागतका लागि काङ्ग्रेसका केन्द्रीय नेता, भ्रातृ संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो।

नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं ओर्लिएका देउवालाई स्वागत गर्न विमानस्थलको विशिष्ट कक्ष (भीआईपी लाउञ्ज) बाहिर शुभचिन्तक र कार्यकर्ताहरूको घुइँच लागेको थियो। स्वागतका लागि पुगेका नेता-कार्यकर्ताहरूले माला र खदा लिएर देउवाको स्वागत गरेका थिए।

(तस्बिरहरू: सक्षम घिमिरे / नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *