पाँचौंपटक संशोधन गरियो दशौं राष्ट्रिय खेलकुदको मिति, अब कहिले?

डिसी नेपाल
२८ साउन २०८३ १६:००

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्म नयाँ मिति तय गरेको छ। कर्णाली प्रदेशमा आयोजना हुने यस प्रतियोगिताको मिति परिवर्तन भएको यो पाँचौं पटक हो।

यसअघि २०७९ सालमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा दशौं संस्करण २०८१ मंसिरमै गर्ने घोषणा गरिएको थियो। तर, पूर्वाधार तयार नभएको, आर्थिक अभाव देखिएको र खेलकुद मन्त्रीहरूको फेरबदलका कारण प्रतियोगिता पटकपटक सर्दै आएको छ।

यसअघि २०८१ चैत २३ देखि ३०, २०८२ जेठ ३ देखि १०, र चौथो पटक २०८२ फागुन १ देखि ७ गतेसम्मका लागि मिति तोकिए पनि विभिन्न कारणले प्रतियोगिता हुन सकेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *