सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
प्रदेशसभाबाटै राजीनामाको घोषणा गरेलगत्तै मुख्यमन्त्री शाह प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाएका छन्।
विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले प्रदेशसभामा आवश्यक बहुमत जुट्ने स्थिति नदेखेपछि नैतिकताको आधारमा राजीनामा दिने निर्णय गरेका हुन्।
उनको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया अगाडि बढ्ने भएको छ। प्रदेश प्रमुख मियाँले अब नेपालको संविधान बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment