गायक सन्तोष परियार र शान्तिश्रीको स्वरमा नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

डिसी नेपाल
२९ साउन २०८३ ६:४२

काठमाडौं।  नेपाली सांगीतिक क्षेत्रका गायक सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक भएको छ। नेपाली नारीहरूको महान् पर्व तीजको मौलिकता, उमङ्ग र सांस्कृतिक रौनकतालाई समेटेर तयार पारिएको उक्त गीतमा सन्तोष परियारका साथै चर्चित गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ।

दिपेश राज पुरीको शब्द रचना रहेको यस गीतमा दिपकराज विश्वकर्माले लय सिर्जना गरेका छन् भने सञ्जय श्रीपालीले संगीत संयोजन (एरेन्ज) गरेका हुन्। तीजको मौलिक भाका, नाचगान र उत्सवको माहोललाई केन्द्रमा राखेर तयार पारिएको यस सिर्जनाले नेपाली लोकसंस्कृतिलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रशान्त मगर र श्याम पटेलको संयुक्त निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा तीजको उल्लासमय वातावरणलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा चर्चित मोडल जुना विश्वकर्माका साथै स्वयं गायक सन्तोष परियारको अभिनय तथा आकर्षक नृत्य देख्न सकिन्छ।

विशाल थापाको छायाङ्कन, प्रविण भट्टको सम्पादन र सोनिका गजमेरको श्रृङ्गार रहेको यो भिडियो ‘सन्तोष परियार अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गायक सन्तोष परियार विगत एक दशकदेखि नेपाल प्रहरीमा रहेर देश र जनताको सेवामा समर्पित राष्ट्रसेवकसमेत हुन्। प्रहरी सेवाका साथै सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका परियारले गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट न्यानो साथ र सकारात्मक प्रतिक्रिया पाउने आशा व्यक्त गरेका छन्। उनले ‘कमरु फिन्फिनी’ यस वर्षको तीज सांगीतिक माहोलमा निकै रुचाइने गीत बन्ने विश्वाससमेत लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *