उपत्यकामा ट्राफिक कडाइ: २४ घण्टामा ९९१ सवारी चालक परे कारबाहीमा

डिसी नेपाल
२९ साउन २०८३ ७:३८

काठमाडौँ। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि ट्राफिक प्रहरीले कडाइ गरेको छ। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा पछिल्लो २४ घण्टामा ९९१ जना सवारी साधनका चालकहरू कारबाहीमा परेका छन्।

शुक्रबार बिहानसम्म गरिएको जाँचका क्रममा तीव्र गतिमा सवारी चलाउने १४४ जना, सिसिटिभीमार्फत पहिचान भएका ६५ जना, रातो बत्ती मिच्ने ४७ जना र लेन अनुशासन पालना नगर्ने ४५ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।

यस्तै, सवारी साधनको अवस्था ठिक नराखी चलाउने ४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३४ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्ने ९ जना र एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने ९ जना चालक पनि कारबाहीमा परेका छन्।

यसबाहेक अन्य विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने ५९७ जना चालकहरूलाई पनि आवश्यक कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *