के माधुरी दीक्षितले ‘कौन बनेगा करोडपति’ सञ्चालन गर्न लागेकी हुन्?
मुम्बई। भारतीय टेलिभिजनको बहुचर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ (केबिसी) को मराठी संस्करण बलिउड अभिनेत्री माधुरी दीक्षितले सञ्चालन गर्ने भएकी छन्।
हिन्दी संस्करण लामो समयदेखि ‘बिग बी’ अमिताभ बच्चनले सञ्चालन गर्दै आएका कारण यो शो भारतसहित विश्वभरका करोडौँ दर्शकमाझ निकै लोकप्रिय छ। हिन्दीबाहेक भारतका विभिन्न क्षेत्रीय भाषामा पनि यो शो निर्माण र प्रसारण हुँदै आएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मराठी भाषाको ‘कौन बनेगा करोडपति’को नयाँ सिजनका लागि सञ्चालकका रूपमा माधुरी दीक्षितको नाम पक्का भएको हो। हालसम्म मराठी संस्करणका सातवटा सिजन प्रसारण भइसकेका छन् भने अब आउन लागेको आठौँ सिजनको कमान माधुरीले सम्हाल्ने भएकी हुन्।
शोको नयाँ सिजन प्रसारण हुने आधिकारिक मिति घोषणा हुन बाँकी नै रहे पनि माधुरीले यस कार्यक्रमसँग जोडिन पाउँदा खुसी र कृतज्ञता व्यक्त गरेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment