रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुईसहित तीन जना बेपत्ता

डिसी नेपाल
२९ साउन २०८३ ११:२९

रोल्पा। रोल्पाको सुनछहरी गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

अविरल वर्षाका कारण खसेको पहिरोले स्थानीय वीरबहादुर घर्तीमगरको घर पुरिँदा घरधनी वीरबहादुर, उनकी श्रीमती शनी घर्तीमगर र बास बस्न आएकी छिमेकी लली घर्तीमगर पुरिएर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार घटना लगत्तै प्रहरी र स्थानीयवासीको टोलीले पहिरो पन्छाउने तथा बेपत्ताहरूको खोजी एवं उद्धार कार्य जारी राखेका छन्।

यसैगरी, सुनछहरी गाउँपालिका-२ कै गिट्ठे गाउँमा पनि लादे बुढामगरको घर पहिरोले पुरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। घटनाको विस्तृत विवरण बुझ्न र उद्धारका लागि थप प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *