बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक घाइते भएका छन्।
शुक्रबार बिहान बा.३ ख २०१४ नम्बरको बसले बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। स्कुटर चालक सामान्य घाइते भएका छन्।
दुर्घटनापछि प्रहरीले बस चालक तथा दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment