पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं । पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता वीरभद्र जोशीले सर्वोच्च अदालतमा उक्त मुद्दा दायर गरेका हुन्।
महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा न्यायाधीशविरुद्ध अपुष्ट लाञ्छना लगाएको दाबी गर्दै अवहेलना मुद्दा दायर गरिएको हो। मुद्दा दर्तासँगै यसको सुनुवाइका लागि आगामी सोमबारको पेसी तोकिएको छ।
गाली बेइज्जतीसम्बन्धी मुद्दामा एक महिना सात दिन थुनामा बसेर गत साउन २३ गते रिहा भएलगत्तै भण्डारीले पत्रकार सम्मेलनमार्फत न्यायाधीशमाथि गम्भीर लाञ्छना लगाएको दाबी मुद्दामा गरिएको छ। अवहेलनाको आरोपमा पत्रकार भण्डारीलाई बयानका लागि झिकाई कारबाही चलाउन माग गरिएको छ।
अधिवक्ता जोशीले दायर गरेको मुद्दामा पत्रकार भण्डारीले लागुऔषध मुद्दामा पुलिस, वकिल, कर्मचारी र न्यायाधीश सबै ‘मालामाल’ भएको लगायतका अपुष्ट दाबी गर्दै अदालतको जनआस्थामा खलल पुर्याएको उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment