२४ घण्टामा देशभर सवारी दुर्घटनामा दुईको मृत्यु, १५१ जना घाइते

डिसी नेपाल
३० साउन २०८३ १५:०३
132
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५१ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १५१ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ३७ जना घाइते भएका छन् भने काठमाडौं उपत्यकामा १६ जना घाइते भएका छन्।

त्यस्तै कोशीमा २२ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ४७ जना, सुदूरपश्चिममा ११ जना, गण्डकीमा ३ जना र कर्णालीमा १० जना घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *