पाटन बारको अध्यक्षमा निरौला विजयी
काठमाडौं। उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी हुनुभएको छ। उहाँले एक हजार १५२ मत ल्याएर विजयी हुनुभएको हो।
अध्यक्षमा विजयी हुनुभएका निरौला बृहत प्रगतिशील तथा पेशागत समूहबाट उठ्नुभएको थियो। उहाँको प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट अध्यक्षमा देवीप्रसाद रिजालले १२२ मत र स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अध्यक्ष भेषराज पोखरेलले १९९ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजिवकुमार पोखरेल, महिला सहसचिवमा सीमा सुवेदी, कोषाध्यक्षमा दीलकुमार कार्की, महिला सदस्य अनिता पौडेल, सदस्यहरूमा इन्दिराकुमारी शर्मा सुवेदी, बबिता राई, खुला सदस्यमा विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा,राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मात्रिका खनाल विजयी भएका छन्।
नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि आजै मतदान सम्पन्न भएको थियो। बिहान ८ बजेदेखि सुरु भएर साँझ ५ः३० बजे सम्पन्न भएको थियो। प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाले निर्वाचन प्रक्रिया केही सामान्य विवादबाहेक शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment