देशभर मनसुनी वायुको सक्रिय प्रभाव: लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।
जसका कारण हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया मौसम बदली नै रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया मौसम बदली रहनेछ। रातिको समयमा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment